रुंदा आँशु झर्न छोड्यो हाँस्न बिर्सिएछु
टुक्रै टुक्रा भएको मन टास्न बिर्सिएछु
झरी पर्ने नहुने भो मन त्यसै अमिलिन्छ
मनमा छ उसको तस्विर मास्न बिर्सिएछु
नपाउने माया ठुलो साच्चै हो कि जिन्दगीमा
उसको रुपको ऐजेरुंलाई तास्न बिर्सिएछु
उसलाई सम्झी अझै पनि घोत्लिएर बस्ने गर्छु
चुट्टाईदिई मनको डोरी गाँस्न बिर्सिएछु
कति दिन काट्नु मैले निष्ठुरीको माया सम्झी
झोक्राएको भाले जस्तै बास्न बिर्सिएछु

सरल शब्द…….. उत्कृष्ट
सरल शब्द…….. उत्कृष्ट प्रयास……..
bhabana sanga man bujhyo
bhabana sanga man bujhyo kafiyepani man paryo
रुंदा आँशु झर्न छोड्यो हाँस्न
रुंदा आँशु झर्न छोड्यो हाँस्न बिर्सिएछु
टुक्रै टुक्रा भएको मन टास्न बिर्सिएछु
maile tapaiko lahar haru linu parda yi dui laharle mero ma n jityo badhaii chah tapailai.