नमाग मसँग सहारा नमाग
भूईमा छु आकाशका जुनतारा नमाग
नमाग मसँग
तिमी खुशी रोज्छौ म छु चोटहरूमा
प्यसले कलेटी परेछ ती ओठमा
नमाग मसँग छहारा नमाग
भूईमा छु आकाशका जुनतारा नमाग
घाम खोज्दै हिँडे बादल झरीमा
डुबेको छु आफै भूमरीहरूमा
नमाग मसँग किनारा नमाग
भूईमा छु आकाशका जुनतारा नमाग
शब्द – रमेश क्षितिज
स्वर – राजेश पायल राई
संगीत – भरत लामा

hi
मलाई यो गित धेरै नै मन पर्छ तर यस्को पाउन पए धेरै नै अभारी हुने थिए
रचनाकार?
गीतको रचना पस्कदा रचनाकारको नाम हुनुपर्ने, गायकको राखिएको रहेछ; यस गीतका रचनाकार रमेश क्षितिज हुनुहुन्छ !
महेशजी, धन्यवाद
महेशजी, धन्यवाद ! सच्याइएको छ ।