Skip to content

मुखले हुन्न भन्छ्यौ

मुस्कानमा अर्कै अर्थ मुखले हुन्न भन्छ्यौ
ढेपिएर आँफै आउँछ्यौ फेरि छुन्न भन्छयौ

प्यासी प्यासी देखी रछु चुलबुले नयन ती
को हुन्छ तृप्त प्रेम रसले फेरि टुन्न भन्छयौ

बन्दी भा’छु मनभरि उम्की जाउँ अब कहाँ
पासोमा पारेर जान्दिन जाल बुन्न भन्छ्यौ

के सपना के बिपना सबै तिम्रा कैद छन
मन पन सबै थुनेर फेरि थुन्न भन्छ्यौ

नखरा नपार भो मुटु दुख्छ जिस्कँदा पनि
मेनुका तिमी फेरि सुर्पणखा चुन्न भन्छ्यौ

4 thoughts on “मुखले हुन्न भन्छ्यौ”

  1. मुस्कानमा अर्कै अर्थ मुखले
    मुस्कानमा अर्कै अर्थ मुखले हुन्न भन्छ्यौ
    ढेपिएर आँफै आउँछ्यौ फेरि छुन्न भन्छयौ

    हो र? भुपेन्द्र दाजु

    गजल एकदमै राम्रो लाग्यो

  2. गज़ल त खांट्टी कै लेख्नु भएछ
    गज़ल त खांट्टी कै लेख्नु भएछ भुपेन्द्र सर तपाईंले
    बधाई छ उत्कृष्ट गज़लको लागि

    आशांक उपाध्याय
    नेपाल

  3. BHupendra jee dhnyabaad maile
    BHupendra jee dhnyabaad maile tapaiko rachana praaya kabitakusum maa padhthe aaja yo MAJHERI maa padna paauda khusi laagyo, yasari nai damdaar rachanale sajaunu hola dhanyabaad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *