Skip to content

माझीमा दाईले माछी

माझीमा दाईले माछी हैं मार्ने खोलीको त्यो गड्तीर
कहाँको तिमी कहाँको म पिरती बसो मनमा पिरैंपीर

फूल सम्झी शिउरे शिरैँमा मैले काँडा भै घोच्छौ कि
सम्झिदै रुन्छु रातोदिन प्यारा बिर्सी पो दिन्छौ कि

उराठ लाग्छ आज हैँ भोली न्याउलीको त्यो बोली
बिरह गाई हिंड्ने नपार भनेको मैले हृदय यो खोली

सँगैका साथी रङ्गी र चङ्गी हिड्दैछन, जोडी भई
म भने तिम्रै मायामा प्यारा अल्झन्छु, सधैं रुई

तिमी छौ पारी म छु वारी कहिँले हो भेट्ने दिन
बिर्सीदेउँ भन्दा झनँ तिम्रो याद आउछ छिन्काछिन

गीता थापा (दोषी)
ईजरायल

1 thought on “माझीमा दाईले माछी”

  1. lahai gita jee birahi git
    lahai gita jee birahi git prastut garera stabdha banaunu bhayo, bhawanaamaa bagera sirjit gitko lagi dhanyabaad.

    aru pani lekhnu hola. thanks.

Leave a Reply to Bantawabj Cancel reply

Your email address will not be published. Required fields are marked *