तिर्थ (यात्री)पौडेल
गजल
तिमीलाई माया दिन्छु भनि भुलाई रयौ सधै भरि
मेरा आँखा छली अर्की डुलाई रयौ सधै भरि ,
चौतारीमा भेट हुदा हिजो अस्ति गोधुलीमा
तिम्रै हुँ नि म त भदै झुलाई रयौ सधै भरि ;
छेउ आइ संगै बसी सुमसुम्याई शरीर यो
छामी कन बदनमा केश राशि खेलाई रयौ सधै भरि ,
हुन्न भन्दा रिसाउथ्यौ छुनलाई मेरो तन
संगै जिउने झिनो आशा देखाई रयौ सधै भरि ,
कुन्नि के के गरि रयौ लाज लाग्ने कुराहरु
सुन दिन्छु हिरा दिन्छु भन्दै फकाई रयौ सधै भरि ,
लखनपुर ३ झापा,नेपाल,
हाल;बहराइन,
