Skip to content

पहिलो चोटि भेट् हुँदा

पहिलो चोटि भेट् हुँदा तिम्रो बात मन पर्‍यो
स्वीकारेर माया रोप्नँ तिम्रो जात मन पर्‍यो

रुख चढाइ फेद ढाल्ने अच्चमको तिम्रो बानी
मलाई तिम्रो बानी भित्रको घात मन पर्‍यो

मनभरी कुरा लुकाइ हेत्केलामा फूल उम्रार्ने
मलाई सबै भन्दा तिम्रो त्यो हात मन पर्‍यो

साथ दिन्छु भनि भनि आँफू भने पछि सर्ने
खोट् लाउँने ठाउँ पाइन तिम्रो साथ मन पर्‍यो

गीता थापा (दोषी)
हाल ईजरायल

5 thoughts on “पहिलो चोटि भेट् हुँदा”

  1. गिता जी, ३ र ४ शेरमा काफिया
    गिता जी, ३ र ४ शेरमा काफिया चयन गरि गजल नै बनाउनु्स् । धेरै राम्रो गजल बन्नेछ।

    1. dhanyabaad atithi jyu
      dhanyabaad atithi jyu sujhabko laagi.
      ma yo gazalko bidha waare ali jiromai chhu.
      aaudo dinmaa koshisa garnechhu .

      geeta thapa (doshi)
      israel

  2. गीता जी मेरो मनबाट पनि येही
    गीता जी मेरो मनबाट पनि येही प्रतिक्रिया निस्यो हजुरलाई l ३ र ४ शेरमा काफिया चयन गरि मिठो गजल नै बनाउनु्स् न l

    कोसेली को लागि धन्याबाद छ

  3. ल मनोज जी,र अथिती जी, मैले
    ल मनोज जी,र अथिती जी, मैले जानि नजानी यसलाई गजलको
    आकर चै दिने प्रयास गरे तर कति सम्म मिल्यो मलाई थाहा छैन।
    गीता थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *