Skip to content

चुरोटको धुवां पछि….

चुरोटको धुवांपछि रुमल्लिदै यी आखाहरुले
तिम्रो बाटो हेर्न अझै छाडेका छैनन्,
हरदम तिमीलाई नै बोकिरहन्छन्
तैपनि यी थाकेका छैनन्

घण्टौ कुरि एकपल तिम्लाई हेर्ने चाह
यो मनले पनि कहा मार्न सक्यो र?
बाचा कसम कुल्ची गएको दिनदेखी
यी ओठ पनि हासेका छैनन्

तिम्रो खुशीको तलाउमा नुहाउने
मेरो त ध्येय नै भइसक्यो अब,

त्यसैले त…

त्यसैले त,
तिम्रा लागि देखेका सपना यी आखाले
कसैसंग नि साटेका छैनन्…

चुरोटको धुवांपछि रुमल्लिदै यी आखाहरुले
तिम्रो बाटो हेर्न अझै छाडेका छैनन्।।।

5 thoughts on “चुरोटको धुवां पछि….”

  1. अतिथि जी,
    यहांलाई,

    अतिथि जी,
    यहांलाई, प्रतिक्रियाको लागि धन्यवाद।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *