Skip to content

भन्न पो नसकेको…

तिम्रो सामु मनको गांठो खोल्न पो नसकेको,
माया गर्छु नि तिमीलाई भन्न पो नसकेको

गजल फुर्छ, शायर फुर्छ, डुल्छ मन चञ्चल,
कुरा बुझन लाटी मात्र उड्न पो नसकेको
माया गर्छु नि तिमीलाई भन्न पो नसकेको

मिलनका परिस्थिति बाधा भइ ठडिदिदा
आफ्नो कमजोरीको सांचो खोल्न पो नसकेको
माया गर्छु नि तिमीलाई भन्न पो नसकेको

डर लाग्छ कतै यही सम्बन्ध पो तोडिन्छ कि?
डरै डरले मेरो कदम बढ्न पो नसकेको
माया गर्छु नि तिमीलाई भन्न पो नसकेको

कहिले काही लाग्दछ तिम्लाई पनि यस्तै होला
तिमीलाई एक्लै पारि मर्न पो नसकेको
माया गर्छु नि तिमीलाई भन्न पो नसकेको

टाढा भई गयौ भने कैले काईं सम्झिदिनु
पोको मायाको कोसेली सुम्पिन पो नसकेको
माया गर्छु नि तिमीलाई भन्न पो नसकेको

5 thoughts on “भन्न पो नसकेको…”

  1. AA najik gaera aankhaa
    AA najik gaera aankhaa chimlera bhani dinush “LOVEREL” jee, sabai aafse aaf banne chhan sojhine chhan ani tapaiko jibanmaa sarthaktaa aaunechha,,,

  2. abasya aafaile rojekai najik
    abasya aafaile rojekai najik gaincha kere wrongnumber ko cheu maa ta gaiina ni haina ra? aba dherai wata bhae ta wrong number pani parchah hai…

Leave a Reply to लभ्रेल Cancel reply

Your email address will not be published. Required fields are marked *