Skip to content

श्रदासुमन एक अथक योद्धाप्रति


सुनें आज बिदेशी माटोमा,
यात्रा सफल नभई यात्री बितेको
दुखद खबर,
मुटु बक्कानो भएर एक तमासले
पोलिरहेछ ज्वार भाटा जसरी
एक अथक योद्धाको दुखद निधनको
खबरले
योद्धा तिम्रो निधनको समाचारले आज
बिदेशी माटो पनि भिजेको छ,
देश आँशुमा डुबेको ,
हर नेपाली कमान्डर बिनाका सिपाही भएका छन ,
एउटा पवित्र यात्रामा निस्किएको यात्री,
बीच बाटोमा गुमाउँदाको पीडामा
आज म स-शरीर तिम्रो पार्थिक शरीरअघि
उभिएर श्रद्धासुमन चडाउन नसके पनि
यही बिदेशी माटोमा आफू उभिएको
धर्तीबाट मुटुभरि श्रद्धासुमन अर्पण
गर्दैछु एउटा बीर योद्धाको अवसानमा
तिम्रो अपुरो सपना सारा नेपालीले पुरा गर्नेछौं
तिम्रो आत्माले शान्ति पाहोस बीरपुरुष
छातीभरि श्रदान्जली

(प्रजातन्त्र र लोकतन्त्रका,शिखरपुरुष गिरिजाबबुप्रती )
लखनपुर ३,झापा,नेपाल ,
हाल;बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *