तिर्थ(यात्री)पौडेल,
गजल
मन्दिरमा किन जान्छौ देउता देख्न हो ?
मुर्तिप्रती बिस्वासको आस्था रोप्न हो ?
आफु भित्रै नखोजेर इश्वरको बास
मन्दिरमा गइकन श्रादा पोख्न हो ?
दीन दु;खी, असाहाय, निमुखा र रोगि
नदेखेर आँखा चिम्ली ढुंगा ढोग्न हो ?
पुजा चहि कर्मलाई सेवा जन्मभूमि
नगरेर मन्दिर धाउछौ पाप छोप्न हो ?
लखनपुर ३,झापा,नेपाल
हाल;बहराइन,
