Skip to content


गाढा निद्रा र मिठो सपनापछि ब्यूझन्थेँ
हल्का कुहिरो अनि रातो घाम लागिरहेको हुन्थ्यो
जतिबेला म तिम्रो बाटो हेरिरहन्थेँ ।
तिमी नआउँदा दुःख लाग्थ्यो
आए पनि बोल्न सक्ने खुबी थिएन
हो म असक्षम थिएँ
आखिरी वर पीपल पनि त हेराहेर मात्रै गर्थे ।।

रातो घाम टन्टलापुर बन्न पुग्थ्यो
मेरो छायाँ सानो बन्दै जान्थ्यो
लाग्थ्यो छायाँ अब आफैमा हराउनेछ
चिटचिट पसिना आउँथ्यो
म बाध्य हुन्थेँ त्यही वरपीपलकोे सहारा लिन
म वरपीपलको काखमा बस्थेँ
जतिबेला म तिम्रो बाटो हेरिरहन्थेँ
हो म असक्षम थिएँ ।।

फरि सूर्य ढल्किन पुग्थ्यो
आफ्नै छायाँ लामो हुन पुग्थ्यो
आशा बढ्थ्यो, निराशा घट्थ्यो
जसरी सूर्य अस्ताएर जून आउँथ्यो
म बाध्य हुन्थेँ त्यही वरपीपलको सहारा लिन
अनि सोँच्थेँ मैले अप्सराकी छोरी गुमाएँ
मैले ईश्वरको वरदान गुमाएँ
अनि फेरि तिम्रो बाटो हेरिरहन्थेँ
हो म असक्षम थिएँ ।।

विजय कुमार पाण्डे “पाण्डु राजा”
अर्घातोष ५, अर्घाखाँची

For more>>

Please visit http://vkpandey.com.np

5 thoughts on “हो म असक्षम थिएँ”

  1. babaaaal…
    sarai

    babaaaal…
    sarai ramro…

    आखिरी वर पीपल पनि त हेराहेर मात्रै गर्थे ।।

    tapaiko kalam lai merosuvakamana6..

Leave a Reply to लभ्रेल Cancel reply

Your email address will not be published. Required fields are marked *