Skip to content

तिमीबाट टाढा हुनु समयको खेल


तिमीबाट टाढा हुनु समयको खेल थियो
पिरतीमा हार मेरो नियतिको झेल थियो

कुन मुटुले सुनाउ म तिमीपछिका काहानीहरू
खुसित खासै याद भएन दु:ख ठेलमठेल थियो

चोखो मनको पिरतीलाई आटो धिडो ठान्यौ कि त
तिम्रो त्यही सम्झनानै मेरा लागि सेल थियो

तिमी त मलाई छोडी सात सागर पारी गयौ
एक्लो जीवन मेरा लागि जताततै जेल थियो

गल्ती त मेरै थियो तस्बिर साथ बोकी हिड्ने
मलाई छोडी तस्बिर बगाउने सुन्कोशीको भेल थियो

हाल दुबइ

4 thoughts on “तिमीबाट टाढा हुनु समयको खेल”

  1. वाह गीता थापा जी लाई झटारो त
    वाह गीता थापा जी लाई झटारो त होइन ? जे होस् गजल खुब चोटिलो छ । कलम चलाऊदै गर्नुहोला फेरिफेरिनी पढ्न पाइयोस् थ्याँक्स

      1. bhannu nata k bhayo
        but teota

        bhannu nata k bhayo
        but teota just rachana matrai ho hai mutulai samhalnu kasailai mayagarnu parchha

        malaini testai testai bhachha hao

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *