Skip to content

हुन्न भनी टार बरु किन दिन्छ्यौ पीडा


हुन्न भनी टार बरु किन दिन्छ्यौ पीडा
चट्टै चुँडी मार बरु किन दिन्छ्यौ पीडा

धेरै जित्यौ होला तिम्ले पिरतीका खेलहरू
मै लिनेछु हार बरु किन दिन्छ्यौ पीडा

दुख, पीडा सहुँला म रोएरै भए पनि
हर्षका आँसु झार बरु किन दिन्छ्यौ पीडा

रमाऊ तिमी आफ्नै खुशियाली रमझममा
‘सागर’ एक्लो पार बरु किन दिन्छ्यौ पीडा

– सिताराम आचार्य ‘सागर’

2 thoughts on “हुन्न भनी टार बरु किन दिन्छ्यौ पीडा”

  1. धेरै जित्यौ होला तिम्ले
    धेरै जित्यौ होला तिम्ले पिरतीका खेलहरू
    मै लिनेछु हार बरु किन दिन्छ्यौ पीडा…….
    चट्टै चुँडी मार बरु किन दिन्छ्यौ पीडा

    वाह वाह ! उत्कृष्ट लाग्यो तपाईंको गजल “सागर” जि

    1. धन्यवाद मित्र गजल हेरिदिनु
      धन्यवाद मित्र गजल हेरिदिनु भयकोमा आउदा दिनहरुमा पनि साथ दिनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *