Skip to content

कहिले आउछौ डोली लिई? कत्ति केर्नु घरिघरि ,
सधै भन्छौ अर्को साल कत्ति टेर्नु घरिघरि

तिम्रो सुन्दर संसारभित्र हराउने रहर मेरो
पुरा हुनै पाउदैनन् कत्ति सेर्नु घरिघरि

डर लाग्छ पत्तै नपाई तिमी अन्तै मोडिनछौ कि
यी नजरले ती पाइलालाई कत्ति घेर्नु घरिघरि

तिमी बेहुला म बेहुली हुने दिनलाई कुरिराछु
दुनियाको मात्र जोडी कत्ति हेर्नु घरीघरि

रमा थापा
काठमाडौँ, नेपाल

7 thoughts on “गजल”

  1. कहिले आउछौ डोली लिई? कत्ति
    कहिले आउछौ डोली लिई? कत्ति केर्नु घरिघरि ,
    सधै भन्छौ अर्को साल कत्ति टेर्नु घरिघरि

    के हो रमा ? निकै नै हतार भए जस्तो लाग्यो नि त…….

    Anyway, गजल राम्रो लाग्यो.

    Nirmala

  2. Malai pani gajal nikai ramro
    Malai pani gajal nikai ramro lagyo

    तिमी बेहुला म बेहुली हुने दिनलाई कुरिराछु
    दुनियाको मात्र जोडी कत्ति हेर्नु घरीघरि

    ho ta aruko matra kati hernu……… rama ji palo kurnus 2 4 din ajha pratichha garnus magh mahina aaudai chha…..

  3. गजल तिर्थ (यात्री )पौडेल
    डोली

    गजल तिर्थ (यात्री )पौडेल
    डोली प्रथा हराई सक्यो तिमि अझै डोली भन्छौ
    सुइकुच्चा ढोकु भन्दा तिमि आफै भोलि भन्छौ

    देउरालीलाई साक्षी राखी सिन्दुर पोते लाउ भन्दा
    समाजको बिडम्बना हुन्न आँगन नपोली भन्छौ

    आधुनिक फेसनहरु मिनिस्कट र भेस्ट दिदा
    फरिया र चौबन्दीमा मखमली चोली भन्छौ

    बेहुला र बेहुली हुन् चामल चरु पोली कन
    माइतीले बोक्नलाई चडनै पर्छ डोली भन्छौ
    लखनपुर ३ झापा ,नेपाल

  4. गजल तिर्थ (यात्री )पौडेल
    डोली

    गजल तिर्थ (यात्री )पौडेल
    डोली प्रथा हराई सक्यो तिमि अझै डोली भन्छौ
    सुइकुच्चा ढोकु भन्दा तिमि आफै भोलि भन्छौ

    देउरालीलाई साक्षी राखी सिन्दुर पोते लाउ भन्दा
    समाजको बिडम्बना हुन्न आँगन नपोली भन्छौ

    आधुनिक फेसनहरु मिनिस्कट र भेस्ट दिदा
    फरिया र चौबन्दीमा मखमली चोली भन्छौ

    बेहुला र बेहुली हुन् चामल चरु पोली कन
    माइतीले बोक्नलाई चडनै पर्छ डोली भन्छौ
    लखनपुर ३ झापा ,नेपाल

  5. तिर्थ यात्री जी,
    गजलको

    तिर्थ यात्री जी,
    गजलको प्रतिउत्तर लेख्नु भएकोमा धन्यबाद

    रमा थापा

  6. तयार भई पर्खी बस्नू सत्य भोलि
    तयार भई पर्खी बस्नू सत्य भोलि लिएर आउँछु
    घोडामा चढी जन्तीसहित म त डोली लिएर आउँछु

    नौमती बाजा दुई सय जन्ती सबै तिमीले भने जस्तो
    सिन्दुर पोते सुनको औठी मखमली चोली लिएर आउँछु

    त्यो सिउँदोमा सिन्दुर भर्दा नरुनु घुम्टोको आड लिई
    नक्कली आसुँ चाहिन्छ भने बरुमा खोली लिएर आउँछु

    घरमा बालाई भनिदिनू तिमी बाहेक चाहिन्न केही
    तिम्रो त्यो मायाले भरिदिनू रित्तो झोली लिएर आउँछु

    चर्खा जसरी घुम्छ जीवन यो त संसारको रीत नै हो
    तिम्रा चाहाना भावना फुल्ने गोधुली म लिएर आउँछु
    यदि भागेर जाऔ भन्दानी नमाने पछी डोली नै लिएर पो आउनु पर्‍यो भनेर कम्बर पो कसे त मैले कसो पर्ला
    एनी वे गजल इज नाइस

Leave a Reply to Rama Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *