तिर्थ(यात्री)पौडेल
लोकगजल
पहिले
घाँस ,दाउरा,मेला पात संगै गयौ सानी
ऐसेलु र काफलगेडी खोजी खायौ सानी,
सल्लेरीमा गाइ चराउदा लुकामारी खेल्दै
बनपाखामा झ्याउरे गित घंकायौ सानी,
स्वस्थानी र सप्ताहाको जागृत छुटाएनौ
मादलु र बिनायोमा भजन गायौ सानी ,
मेला भर्न धुले दोबान अनि सोमबारे हाट
हात समाई तिमि र म सधै धायौ सानी,
अहिले पपगजल
गाँउघर छोडी सानी तिमि शहर पस्यौ अरे
मुहारमा रातो कालो के के घस्यौ अरे,
बालापनको निश्चल प्रेम बाचा बन्धन तोडी
ब्याईफ्रेड भन्दै झ्याप्लेहरुको हूलमा घुस्यौ अरे
चौबंधी र फरियामा शहर पसी भन्थे
मिनिस्कट र छोटा के के आंगमा टास्यौ अरे,
सानी नाम प्यारी तिमि गाँउकी सोझी केटि
शहर पसी एन्जिलाकी के नाम साटयौ अरे,
पढाएर ठुली पार्ने बा आमाको धोको,
डिस्को छिरी हुस्की पिउदै रात मास्यौ अरे,
बाबालाई सुड़ढो अनि आमालाई सुड़ढी भन्दै
गिभ मि मनि ओ ब्रो भन्दै सधै कस्यौ अरे,
आफ्नो भाषा आफ्नो भेष सबै पोली खाइ
ओ माइ डियर आइ लाभ यु भनि दिउसै बास्यौ अरे,
लखनपुर ३,झापा,नेपाल
हाल;बहराइन,
