Skip to content

अाइहाल्यौ घाटसम्म

  • by


धेरै सोचे धेरै सम्झे
झिकिदिऊँ कि मुटुबाटै
भावनाको किला बनी
घुस्या रैछ्यौ नसाभित्र
अाइहाल्यौ घाटसम्म
बिन्ती मेरो पर्खिदेऊ
म खरानी बन्दासम्म …2  

आँखा मेरा निरास थिए
हेर्दा हेर्दा तिम्रो तस्बिर
गोरेटा पनि भत्की गए
कुर्दा कुर्दै तिम्रो बाटो
ढिला गरी आयौ तिमी
देख्नै पाइनौ अन्तिम धडकन
अाइहाल्यौ घाटसम्म ……2  

सासै रोकी कुरे धेरै दिन
सपना भरी पर्खें
सोचेथें म तिम्रो तिमी मेरो
होला यात्रा सँगसँगै
जुराएन भाग्य हाम्रो
भेटौँला अब अर्को जन्म
अाइहाल्यौ घाटसम्म ……. 2

शेखर ढुङेल
अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *