आफ्नो कुटिल तुच्छ स्वार्थ फेक्छौ कहिले?
भन मलाई संबिधान लेख्छौ कहिले ?
सधैं आफूलाई मात्र हेर्ने नजरले
काकाकुल जनतालाई देख्छौ कहिले ?
महंगी अभाव हाहाकार जताततै
भन समस्यको सुनामी छेक्छौ कहिले ?
अरु कै इसारामा उठबस छ तिम्रो
सार्बभौम आफ्नो खुट्टाले टेक्छौ कहिले ?
हिजो लागेका जनताको घाउचोटमा
मलम पट्टी गरी अब सेक्छौ कहिले?
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा कतार
