Skip to content

“काल कोठी”

जिउनु भन्दा मर्नु आज, रहर भयो जिन्दगी
बारम्बार जिउनु पर्ने, जहर भयो जिन्दगी।

कसलाई भनौं कसरी बित्छन, मेरा दिन रातहरु
स्वइछाले सबै आउने जाने, शहर भयो जिन्दगि।

कति थिए लट्ठ पर्ने, देखेर मेरो लाली जोबन्
दैब आयो भेल बनी, बगर भयो जिन्दगि।

मेरा पिडा थपिंदै जान्छन्, प्रतेक सुनौला बिहानी सगै
लक्ष्यविहिन सागर बीचको, लहर भयो जिन्दगि।

धोके बाज भन्दै उसले, कति घिर्णा गर्दै होला
कसरी भनौ आज कसको, ठहर भयो जिन्दगि

के “अमरदीप”
हाल -दुबइ
krishnagk_102@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *