Skip to content

तिम्रो यादमा एउटा गजल लेखें मैले !!
यहि गजलमा मनका भाव पोखें मैले !!

चाँदनी झैँ मुहार तिम्रो, दाप-दपि बल्दै !
साँझ पाखा गुधुलिमा आउने देखें मैले !!
यहि गजलमा मनका भाव पोखें मैले !!

गुलाबी ओठ,चिटिक्कै दुईचुल्ठो बाटेर !
हिड्ने बैशालुलई ,यो दिलमा राखें मैले !!
यहि गजलमा मनका भाव पोखें मैले !!

दुई शब्द मेरो,स्वीकार गरि समेटिदेउ !
कतै भुलभए, माफदेउ भानि,पत्रलेखें मैले !!
यहि गजलमा मनका भाव पोखें मैले !!

हृदयमा सवाल तिम्रै छ जवाफ छैन केहि !
प्रश्नै-प्रश्नको तराजुमा आफ्नैभाव जोखें मैले !!
यहि गजलमा मनका भाव पोखें मैले !! ……….

राज लामा
हाल-दोहा कतार ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *