Skip to content

मिठो मिलनको सपना

मिठो मिलनको सपना बुन्छन मेरा आँखा
झर्दै गरेका आँशु गहमै थुन्छन मेरा आँखा

मायालुको माया पाउँन अर्को जन्म कुर्नुपर्दा
तेसै तेसै चर्किएर दुख्दै रुन्छन मेरा आँखा

उसले पराइ किन सोच्यो गल्ती थाहा छैन
जोड घटाऊ भागा लगाइ गुन्छन मेरा आँखा

लाग्दैनथ्यो उ यति सारो निष्ठुरी छ भन्ने
आज भोली एकान्तनै चुन्छन मेरा आँखा

गीता थापा (दोषी)
हाल ईजरायल

2 thoughts on “मिठो मिलनको सपना”

  1. मिठो मिलनको सपना बुन्छन मेरा
    मिठो मिलनको सपना बुन्छन मेरा आँखा
    झर्दै गरेका आँशु गहमै थुन्छन मेरा आँखा reaily!!!!!!!!!!

    mbantawa

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *