धेरै पहिला देखि नै, मालाई तिम्रो प्यार थियो
खाली त्यो सिउँदो भर्न, मलाइनी हतार थियो।
एउटा कुरा नढाटी, तिमीलाई भन्नु पर्दा
मनको भित्री बगैँचामा, तिम्रै बहार थियो।
नपत्याए ऐना अघि,एकपटक उभीइ हेर
फूल जस्तो मुस्कान त्यो, मेरा लागि उपहार थियो।
भन्न खोज्दा खोज्दै पनि, नसकेको पक्कै नै हो
तिमीसँग जोडीएको, मेरो संसार थियो।
मेरो विश्वाश गर या, नगर ऐले तिमी
तिम्रो कोर्के नजर नै, जिउँने मेरो आधार थियो।
के “अमरदीप्”
हाल:दुबई
krishnagk_102@yahoo.com
