केही कुरा भनुँ भनुँ जस्तो लाग्छ
सुन्ने फेरि यहाँ कोही छैनन्
घरि हाँसु-हाँसु पनि लाग्छ
हेरिदिने फेरि कोही छैनन्।
केही कसैलाई बाँडुबाँडु जस्तो लाग्छ
लिन खोज्ने फेरि कोही छैनन्
कहिलेकाहीं साथ दिऊँ दिऊँ पनि लाग्छ
हात दिने फेरि कोही छैनन्।
केही कुरा सोधुँ सोधुँ जस्तो लाग्छ
बुझ्न खोज्ने फेरि कोही छैनन्
कहिलेकाहीं केही लेखुँ लेखुँ पनि लाग्छ
पढिदिने फेरि कोही छैनन्।
केही कसैलाई सुनाऊँ सुनाऊँ जस्तो लाग्छ
सुन्ने धैर्यता फेरि कतै छैन
कहिलेकाहीं केही देखाउदेखाउ पनि लाग्छ
हेरिदिने फेरि कोही छैनन्।
सिड्नी,८ जनौअरी २०१०
