बग्ने खोला छेकेर हुन्न रैछ
भित्री घाउ सेकेर हुन्न रैछ
प्रित गास्न जानिन भन्योअरे
सुख्खा हाँगो टेकेर हुन्न रैछ
बिचारको कलिलो मुना मेरो
अलि अलि लेखेर हुन्न रैछ
भताभुङ्ग सपना ढलेपछी
आँखा छोपी देखेर हुन्न रैछ
आफै भित्र आशांक दुखिरह्यो
थोरै पिडा खेपेर हुन्न रैछ

आशांका ज्यु ! धेरै समय पश्चात
आशांका ज्यु ! धेरै समय पश्चात गजल रुपी झोलीमा निकै मार्मिक पोको बोकी मझेरीमा बिसाउन झर्नु भएको रहेछ, खुसी लाग्यो ।
शुभचिन्तक