आज फेरि दुख्यो ।
आज फेरि यो मन जल्यो
तनमन सारा जल्यो
अहाँ !!! जोस जागर केही छैन
जीउ मेरो लथरक्क गल्यो
आज यो कानले सुने
फेरी पनि नेपाली भाइहरू
दुर देशमा ढल्यो ।
आज फेरि यो कानले सुने
फेरी पनि नेपाली भाइहरू
अकाल्मै पराइको हातबाट ढल्याे
आज फेरि यो मन जल्यो
जोश जागर केही छैन
जीउ मेरो लथरक्क गल्यो ॥
यत्र तत्र निदोर्ष जीउभरि
तिखो छुरा चल्यो
आज यो कानले सुने
फेरी पनि नेपाली भाइहरू
दुर देशमा ढल्यो ।
बन्दुकको गोली सगै
कार्य क्षेत्रमै नेपाली भाइ
फेरी ढल्यो
त्यो खबर सुनेर फेरि यो
ज्यान गल्यो ।
बास्तबमा आज साच्चै मन तन जलेको छअनि यो दुरदेशमा बारा घण्ट काम गर्न नसकिनी गरी जीउ ज्यान गलेको छ । पराइको देशमा पराइहरूको अढानखढानमा खढ्निु पर्नेबारा घण्ट घाममा ढढिनु पर्ने उफ त्यतीमात्र कहा हो र? मानसिक रुपले पिडित बन्नु पर्नेशारिरीकरुपले सोसित बन्नु पर्ने । कतिपय अबस्थमा आफ्नो सुनौलो भबिष्य र हजरौ सपनाहरूलाई भुलेर ज्यान प्राणदुरदेशमा त्याग्नु पर्नेआफ्नो इज्ज्ोतधर्म आस्था बिश्वाशलाई मासनघाटमा फ्याग्नु पर्ने । साच्चिकै भन्ने हो भने हामी नेपाली जाती हरेक हिसबले धेरै भन्दा धेरै पिडित छौ । चाए त्यो सुन्दर भबिष्यको खोजीमा युरोप नै किन गाको नहोश्चाए अमेरिकाको डि सीमा ५तारे होटेलको मेनेजर नै किन नहोस् अरु देशको कामदारको तुलनमा धेरै सोसित र पिडित छौ । झन् यो खाडी मुलुकको त के कुरा गरौ आफ्नै देशका आफु जस्तै कमाउन आएका दाजु भाइसाथी भाइबाट नै थीचिनु परेको छमिचीनु परेका छ । हो कति दयनीय अबस्थ छन् नेपालीहरूको यो मरुभुमीमा जहा ओछ्यान मै अरु देशका कामदारले कुखराको चल्ल झै निमुठेर मारिन्छजहा अदालतमै जफ्ली मृगालाई झै खेदी खेदी प्राण लिइन्छ । यो भन्दा दु ख लाग्दो कुरा के हुन सक्छ नेपाली जातीलाई माया गर्नेको लागी जस्तो नै पीडा दु खमा आफ्नो नागरीक परोस नेपाल सरकार भनौ नेताहरू भनौदोहरू आफ्नो राजनीतिक दाउ खेलमा लाग्दैमा ठीक छ । झन् बिदेशमा रहेका नेपाली नियोगहरूको के कुरा गरौ नेपाली कामदारको समस्या होइन प्रबासी नेपालीहरूको नाममा खोलिएका संग सस्थाका ठुल ठाला भनौदो मानब दलालीहरूको चिया पन र जलपन कार्यक्रममा सरिक हुनमै व्यस्ता छन् । रिबन काट्नमै व्यस्था छन् । दियो प्रज्वलन गर्नमै ठीक छन् । हुन त यो हुनमा देशको सरकारकै कमजोरी र लाचरपाना हो । देशले नै प्रभाब राख्न नसक्ने देशहरूमा नियोगले के नै प्रभाब देखाउन सकिन्छ र । देशको अर्थमन्त्री या त परराष्ट् मन्त्री आइ पुगेको थियो रेर आइपुग्दैछ भन्ने मात्र मिडियबाट सुन्नमा र पढ्नमा मात्र पाइन्छ तर नेपाली कामदारको लागि केही राहत मिल्ने खाल्का आँट हासौला दिनु छैन । न त सम्बन्धीत देशहरूका प्रमुखलाई नै भेटेर आफ्नो कामदारको समस्या प्रस्टाउन सक्छ । मन्त्रीहरूको पनि उही ताला हो प्रबशमा रहेका मानबतस्करसँग साढ् गाढ् गर्यो हिड्यो अनी नेपालमा गयो गुन गान लउन थाल्यो हाम्रो देश बिदेशी रिमिटेन्ले चलेको छ । नेपाली कामदार सुरक्षित छ रे । नेपाल सरकार आफ्नो कामदार प्रति सुरक्षको रुपले सदैबा कडिबद्यद छ रे । सम्झीदा नि टिस लाग्छ हाम्रो सरकारको चाल देख्दत ।
तैबिसेक खाडि अरु मुलुकको तुलनमा कतारको लागि नेपाली राजदुतले आफ्नो कामदारको लागि गरेको र गर्न खोजेको काम प्रँशसयोग्य छ तर यहाँ निर बिडम्बनाको कुरा एकजनाले मात्र गर्न खोजेर के गर्नु अरुले साथ दिदैन भने । स्मरणीय छ भरखर्र मात्र नेपाली कामदारको तलबको बिषयमा राजदुतले गरेका काम प्रती न अरु सँग सस्थको सहयोग रहयो न त नेपाल सरकारले नै सहयोग गर्यो । बरु ३ लाख नेपाली कामदार बिरुद्ध नेपाल सरकार आफोलाई उभियो प्रकि्रयानपुगेको भन्दै । तर पनि यहाँका कम्पनिहरूले नेपाली काम्दार ल्याउन नेपाली राजदुतकै अनुसार आफुहरू मान्न तयार देखाउदै माग गर्न थालेका छन् । तर नेपाली कामदारको तलब बढ्ने नबढ्ने भन्ने चहिँ प्रतिक्षाको बिषय बन्नेको छ । राजदुतले अब नयाँ आउने काम्दारको तलब कतारी २०० को दरले बढाउनु पर्ने शर्तलाई यहा पहिल देखी नै काम गरि आएका कामदारले अब सबैको तलब २०० को दरले बढ्दैछ भन्ने हिसाबले लिएको पाइन्छ । सम्भबत सहि सुचनाको अभाबले होला अन्य कामदारमा यस्तो भ्रम पर्न गएको । तर हामी आशा गरौ हाम्रो राजदुतले चालेको कदमले सहि फढ्को मार्नेछ र हामी सबैको तनाखा बढ्नेछ । अन्त्यमा दुबाइमा एक इजिप्सेनको हातबाट क्रुत तरिकाबाट हत्या गरिएका २ नेपाल्ी दाजुभाइ र अमेरिकामा अघ्यात ब्यक्तिको गोलीबाट मृत्यु हुनि नेपालीको आत्माले चिरशान्ति पाउस भन्ने कामना अनि मृतकका परिवारहरूमा सोक सम्बेदना प्रकट गर्दछु ।
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Atmiya mitra bandu moile
Atmiya mitra bandu moile lekheko hoina lekhna sikeko matrai ho yatharthata……..lai please sabda ra lekhai ma dherai kamikamjodi haru 6n mo maan6u pani tesaile sallaaha ra sujabko laagi hajur haru prati biswaas ta 6u..
Rajesh rumba lama
Doha Qatar
reasonlama_rumba@yahoo.com