फर्क परदेशी फर्क
फर्क परदेशी फर्क तिमी आफ्नु जन्मभुमी जहाँ तिमीलाई बुडी आमाले पोल्टो भरी खाजा बोकी तिमीलाई कुर्दै छन…सपनाको महल उभ्याउदै तिम्रो फोटो छातीमा टासी तिम्रो प्राणप्यारी तिम्रो यादहरुमा कोल्ड़े फेर्दै रातहरु बिताउदै छीन …तिम्रै यादमा न्याउलीले बिरहाका गीत गाउदै छन …
बन,पाखा पंध्यारोमा तिम्रै सैली माइली सुसिली हाल्दै तिमीलाई बोलाउदै छिन …झरना जाँगर नदि नाला सुसाउदै तिम्रै नाम लिदैछन ….पहाडका थुम्क्कहरुमा हिउका दिक्कहरु टल पल टल पल गर्दै तिम्रै नाममा आफैलाई बिलिन पार्दै छन…हाम्रा ति भन्झ्यांग्का चौतारीमा बर र पीपलले एकनास पात फर फराउदै तिमीलाई ढाकी रहेको छन … खेतबारीका पाटाहरुमा हालो अटकाउदै खुया मार्दै तिम्रो बुडा बाबा तिमीले पालो दिन्न आउछ कि भन्ने आशै आशाको पोको बोकी चिरै चिरा परेको टोपीले पसिना पुछ्दै छ ..मख माली र सयपत्रीको थुंगा हरुलाई स्पर्स गर्दै तिम्रा निदार रंगाउने सपना साँच्दै तिम्रो चेली तिम्रो बाटो हेर्दै छिन …काखीमा भागुँडो च्याप्दै बांशुरिको तालमा बिस्तारै बिस्तारी तिमीलाई पर्खिदै चौरमा साहिला माइला चौरमा जादै छन् … तिमीले लागेर भागुँडो खेल्ने जुत्ता तिम्रै भाइले लादै छ …
त्यसैले त म भन्दै छु तिमी जसरि भए नि फर्क,तोते बोलि बोल्दै गरेका नानी बाबुलाई आफ्नै हातले खुवाउन,ब्रीधा आमा बा लाई दार्शनिक स्थल घुमाउन,,चेलीको करेसाबारी सयपत्री र मखामाली फुलाउन ,,आफ्नै खेत बारीमा धानको बाला लाहा लाहा झुलाउना …. तिम्रै अभाबमा विरक्तिएका तिम्रो साथि संगीको मन भुलाउन बस भुलाउन ……
जन्मियो तिमी नांगै
नांगै नै जानु छ,
अरुको चाकरी गर्न खोछाऊ तिमी सधै
आखिर मरेर के लानु छ …..
राजेश रुम्बा लामा
दोहा कतार
Reaonlama_rumba@yahoo.com

wao wao dami chh rajesh
wao wao dami chh rajesh ji,
जन्मियो तिमी नांगै
नांगै नै जानु छ,
अरुको चाकरी गर्न खोछाऊ तिमी सधै
आखिर मरेर के लानु छ …..