Skip to content

मेरो माया अभिशाप भएछ………

मेरो माया अभिशाप भएछ………

यति धेरै माया दिन्थे उसलाई
तर मेरो माया अभिशाप भएछ
देवी ठानेर पुजा गर्ने गर्थे उसलाई
तर त्यो मेरो पाप भएछ !
फुलै फुलको सौगात भित्र सजाए जस्तो लग्थियो
तर उसको लागि त्यो रत्तिको टोकरीमा फाल्ने फोहोर भएछ
जीउ ज्यान सिर सम्पति अर्पण गरे थिए उसलाई
तर मेरो ति चिज सबै उसको लागि थोहोर भएछ !!
सिसै सिसाको गगनचुम्बी महलमा सजाउन नसके पनि
चारकोठे घरमै सिंगारेको थिए उसलाई
तर त्यो घर उसको लागि बाख्राको खोर भएछ
उसको मायाको म नि भागेदार सम्झेको थिए
तर उसको नजरमा मायाको म चोर रहेछ !
निच्छल माया दिए कुनै छल कपट हुदैन ठानेको थिए
तर माया जुवाडेको खेल रहेछ
उसको साथ् अमर अजर सम्झेको थिए
तर त्यो मेरो बस्ती नै उड!उने भेल रहेछ
तर त्यो मेरो बस्ती नै उड!उने भेल रहेछ >>>……………..

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *