यो संसारमा मेरो छैन को हि…..
यो संसारमा मेरो भन्ने छैन कोहि
सिरिप आफ्नै छाया छ साथमा
न्याउली सरि रुन मन लाग्छ
हरेक दिन राता …
बिरानु झैं लाग्न थालियो
आफ्नै सन्सार आज
बिराक्तियर हिडौ लाग्छ
दुनियाको माझ …….
रस बिनाको फुल भएछु
सुगन्ध लिन कोहि आएन
बेबारिसे लास भए आज
अन्तिम दागबत्ती दिने कोहि भएन …
पागल सरि हिडाउ लाग्छ
आफ्नै गति फाली
सुन्दर लाग्थियो आफ्नु जीबन
तर आज लाग्न थालियो सुन्य -खालि
तर आज लाग्न थालियो सुन्य -खालि
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
