Skip to content

मेरो जीबन
ढडेलोले खाएको, मुडा भयो जीबन
बैशा छादै उमेर ढल्केको, बुढा भयो जीबन
आखा हुदै नदेख्ने, अन्दो भयो जीबन
जीउदै चल्न नसक्ने, बन्द भयो जीबन
पखेटा हुँदै उड्न नसक्ने, चरी भयो जीबन
सधै रसाउने यी आखा, साउनको झरी भयो जीबन
दुख पीर बोकी रहनु पर्ने
भरिया भयो जीबन
जती सिलाएनी च्याति रहने
बुडी आमैको फरिया भयो जीबन
मन तन छात्ती भरि, बहै बह भयो जीबन
रात दिन परेली भेजाई राख्ने
आशुको दह भयो जीबन
आशुको दह भयो जीबन

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *