अभागी जीबन ………
अभागी जीबन बित्ने नै भयो
सधैभर पिरैमा
लालीकिरण छएना कहिलै
यो मेरो सिरैमा !
पिरको भारि बिसौनलाई
भएन चौतारी
बर र पीपल ढलेछ मेरो
हिन्दै छु भौतारी !!
लाली किरण छैन कहिलै
यो मेरो सिरैमा
अभागी जीबन बित्ने नै भयो
सधैको पिरैमा……………
पात खसे रुख झैँ मेरो
छैन केहि ओद दिनी
जो भेटे पनि यो संसारमा
मुटुमा आगो झोस्दिने ……..
दुखी यो जीबन बित्ने नै भयो
सधैको दुखमा
सपनै रह्यो हासेर बाच्ने
यो काले सुखैमा………….
सपनै रह्यो हासेर बाच्ने
यो काले सुखैमा …………….
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
