सुनेको थिए जीन्दगी
सुनेको थिए जीन्दगी यो सुख दुखको सङ्गम हो
तर आज म दुखै दुखमा जेली रहेको छु
थाहा पाएको थिए यो जीन्दगी आशु हासोको दोभान हो
तर आज म आशुई आशुमा पौडी खेली रहेको छु !
सुनेको थिए मिलन र बिछोड नियतिको लेखाइ हो
तर आज म आफ्नै बिछोडको मात्र कहानी पढी रहेको छु,
थाहा पाएको थिए आगो र घामले मात्रै ढडिन्छ
तर आज म भित्रै भित्र पिरै पिरले ढडेको छु
तर आज म भित्रै भित्र पिरै पिरले ढडेको छु ………….
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
