दुई थोपा आंसु हैन गुन माग्छन शहिद
अंजुलीभर पानी हैन खुन माग्छन शहिद
भाई भाई आपसमा तंछाड मछाड धेरै भयो
मेलमिलाप र मातृप्रेमको नुन माग्छन शहिद
आमाको त्यो मुहारमा औशीको रात होईन
मानबता र मुक्ती दिने जुन माग्छन शहिद
बम बारुद गोलीको क्रन्ति अब चाहिंदैन
सुमधुर शान्तिको धुन माग्छन शहिद ।।
नौबिसे–३, धादिङ
chapagain_t@yahoo.com

very nice
very nice
सतिस जीलाई धन्यवाद
गजल पढेर मन पराएर कमेन्ट गरी मेरो हौसला बढाई दिनु भएकोमा सतिस जीलाई धन्यवाद ।