न त झुठो, न त चोखो
मेरो प्रेम कहानी ।
न त कुरुप न न त सुन्दर
मेरो जिन्दगानी ।।
झरी-बादल, घाम-पानी
जिन्दगीको कथा ।
मुटु चुँडी पीडा दिने
पिरतीको ब्यथा ।।
घामले मलाई शीतलता दियो
पानीले मलाई राप दियो ।
किन हो यसरी मलाई
प्रकृतिले उल्टो देन दियो।।
मायाले मलाई चोट दियो,
मुटुले मलाई पीडा दियो ।
किन हो यसरी समयले
मलाई घात गर्यो ।।
