तिम्रो यादमा
खोज्दा खोज्दै तिम्लाई प्रीय आफूनै हराउन थाले
छौ कि कतै लुकेकी भन्दै झ्यालबाट चियाउन थाले |
यो सपनाको शहर रे तिमी पनि यतै छौ कि
हिडाई उस्तै लाग्यो मलाई फेरि बोलाउन थाले |
लर्बराउदो बैश तिम्रो अब त ढल्क्यो पनि होला
यादै यादमा बस्दा बस्दा एक्लै नी बर्बराउन थाले |
बिर्सनु पनि कसरी केहि छैन सम्झना तिम्रो बाहेक
छटपटी भयो फेरि तिम्रै चिठीपत्र पल्टाउन थाले |
सपनीमा भेट्थे तिम्लाई अचेल त निन्द्रा पर्नै छाडीसक्यो
भेट्ने आशमा अझै पनि हरेक साँझ व्हिस्कीमा रमाउन थाले |
