नेपाल आमाको न्यानु काख छोडी
बिदेश पलायन भएर
हरेक काँडेबार लाई पार गर्दै
म आफ्नो भाग्यरेखा आफै कोर्दै छु
भन्छन् जन्मेको छैटौ दिनमा भाबी आउँछ रे
बालकको निधारमा भाग्यरेखा कोरेर जान्छ रे
तर त्यो त रुढीवादी मात्र हो
आफ्नो भाग्यरेखा त आफैले कोर्नुपर्छ ।
त्यसैले
अब भर नपरी भाबीको
सबैले आफ्नो भाग्यरेखा आफै कोर्नु पर्छ
र मैले आफ्नो भाग्यरेखा कोर्न थालिसकेको छु
धन र दौलतता एउटा दीर्घ रोग हो
जसले गर्दा मानिस सधै अस्वस्थ रहन्छ
शुख त केबल क्षणिक मात्र हो
दु:ख नै जीवनभरि रहिरहन्छ ।
त्यसैले
कोर्दिन गगन्चुम्मी महलहरु
कोर्नेछु केबल घाम पानि छेक्ने झुपडी
चाहिदैन सुखको संसार मलाई
बगेर जानेछ त्यो एक दिन स्राबणको भेल सरी
कोर्नेछु रेखा एउटै त्यो दु:खको
जसले गर्दा उठुन मेरा हत्केलामा ठेला
पौठाजोरी गर्न सकुन भनेर सधैं
दरा रहुन मेरा हत्केला ।।
दरा रहुन मेरा हत्केला ।।।
प्रेम बाबु
premqn.2007@yahoo.com
