गाजलुले सुहाउने त्यो आखामा गाजलनै थिएन
केभो भनि नसोधी मेरो मनले धरै दिएन
चन्द्रमा जस्तो मुहार उनको सधैं चम्की रहन्थ्यो
जति सुकै कस्टपनी हाशी हाशी सहन्थ्यो
सुहाउने केस उनको कम्मर कम्मर झरेको
गालामा खोबिल्टा शरीर बान्की परेको
मुस्कानले सुहाउने सेता दातका लहर
उनलाई हेर्न तड्पिन्छन गाउ देखि सहर
भ्रिकुटि झै चम्किली सिता जस्तै सत्यवती
विश्वाश नै नलाग्ने गरि गरेकी छन् प्रगति
तर हिजो उनको मुहार उजाड उजाड लाग्यो मलाई
छोडी दिएछ कसैले उनको मनलाई जलाई
तर आज जसरी नी उनीलाई खुशी पार्छु
उजाड त्यो चेहेरामा लालिकिरन मैले भर्छु
फुलेको फुलजस्तै मुहार उनको हासी रहोस्
सुख खुशी सधैं उनको अघि पछि बसी रहोस्
सफलता नै सफलता मिलिरहोस् सधैं भरी
बिना कस्ट बितोस जीवन फुलेको फुलसरी ।।
बिना कस्ट बितोस जीवन फुलेको फुलसरी ।।।
प्रेम बाबु
