Skip to content

अरुलाई नै सिउदो भरायौ आखिर

  • by


अरुलाई नै  सिउदो, भरायौ आखिर
मर्नु न बाच्नु मलाई, गरायौ आखिर

हासो खुशी जीत सबै तिम्रो पेवा भयो
मलाई भने  नमिठो, हरायौ आखिर

तिम्लाइ निश्छल निश्छल माया  गरेथें
इज्बत पो लुट्यो भनि, करायौ आखिर

तिमी शिखरमाथि हर्ष बिभोर साथ
मलाई त तारेभीर, झरायौ आखिर

गरीब छ  भनेर होला खिलाफीसँग
जीवन काट्न धेरै नै, डरायौ आखिर

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *