Skip to content

“मेरो रंगमा तिम्रो रंग”

मेरो रंगमा तिम्रो रंग, घोलिए जस्तो लाग्यो!!
हाम्रो मनको ढुक-ढुकी, टोलिए जस्तो लाग्यो!!

तिमी नजिक आई पुग्दा, बतास सरी त्यसै
एक छिनको मायाँ प्रिती, गोलिए जस्तो लाग्यो!!

एकै झलक हेर्दा खेरि, नजरले गोलि मार्र्यो
रत्न निलम साथै मोती , मोलीए जस्तो लाग्यो!!

सबै शरीर जता-तता, काउकूती लाग्न खोजी
हाम्रो मायाँको घुम्टोहरु, खोलिए जस्तो लाग्यो!!

वर्षा उन्मात भेल झरी, आउँदा बगर् भरि
दुई दोभानको नाता अब, डोलिए जस्तो लाग्यो!!

कालो औसिको रात हुँदा, साथमा तिमी थियौ
रात धिपिकै जुन-किरी, लोलीए जस्तो लाग्यो!!

मिना बान्तवा “मृदु”

3 thoughts on ““मेरो रंगमा तिम्रो रंग””

  1. आज एउटा राम्रो गजल पढ्न
    आज एउटा राम्रो गजल पढ्न पायेकोमा खुशी लाग्यो अनी आसा छ सधैं भरि यस्तै गजल हरु पढ्न पायियोस प्रगतीको सुभकामना
    yograj_8967@yahoo.com

  2. मेरो प्यास मा तिम्रो आस मोलिए
    मेरो प्यास मा तिम्रो आस मोलिए जस्तो लाग्यो
    मेरो शास मा तिम्रो बास डोलिए जस्तो लाग्यो //
    कापें यी अधर हरु तिम्रो समर्पण भाव ले
    मेरो पास मा तिम्रो सुबाश घोलिए जस्तो लाग्यो //

Leave a Reply

Your email address will not be published. Required fields are marked *