Skip to content

संसारै भुल्न सकिने


संसारै भुल्न सकिने हाँसै मीठो निर्मोहीको
ज्युहजुर मिसिएको भाषै मीठो निर्मोहीको

चाहनाका नजरहरु फ्याँक्दाखेरी मेरा सामु
आफै परुँपरुँ लाग्ने पासै मीठो निर्मोहीको

खसखस गर्दा पनि रिसै उठ्ने अरुको त
झ्याप्पै मन परेसि त काँसै मीठो निर्मोहीको

सोच्दीहोली मनभित्र केके गर्न पाए हुन्थ्यो
त्यसैले त भाव हेर्दा खासै मीठो निर्मोहीको

जे जे लगाई जे जे खाई उसकै काम सबै राम्रा
अलकत्रै भए पनि गासै मीठो निर्मोहीको ।

1 thought on “संसारै भुल्न सकिने”

  1. “चाहनाका नजरहरु फ्याँक्दाखेरी
    “चाहनाका नजरहरु फ्याँक्दाखेरी मेरा सामु
    आफै परुँपरुँ लाग्ने पासै मीठो निर्मोहीको”

    शिव जी जानी जानी पासो परु परु लाग्ने निर्मोही को बयान ज्यानदार छ

    विमल गौतम
    साउदी अरेबिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *