संसारकै म होचा मान्छे
छैन गुनासो मलाई केही
शरीर अग्लो भएर के भो ?
छैन गुण भने केही ………..,
लेखाएँ नाम “गिनिज बुकमा”
नेपाललाई चिनाउन भनी
राख्नेछु नाम नेपालकै म
केही गुणकारी बनी……,
सानो छु त के भो र?
बिचार बृहत पार्छु ,
देशका शत्रु,बैरीलाई
गुणले नै म मार्छु ।
नगर कोही अहंकार
शरीर अग्लो छ भनी
नाम राख्न जरुर सकिन्छ
कद् सानो नै भए नि ।
नगर घमण्ड,अभिमानी पनि
मुडे बलको भरमा
आखिर संसार त्यसैले जित्छ
जसको छ ओजस्वी
दिमाग साथमा ।
छैन मलाई पश्चाताप केही
सानो शरीर छ भनि
बाँच्न कोशिश गर्नेछु म त
देशलाई ठुलो मानी ।
(मलाई साह्त्यिक धारा,प्रवाह छाँटेर क्लिष्ट तथा बनावटी रचना गर्न भन्दा सरल भाषा र सहि कुरालाई नै पाठकसामु उजागर गर्न मन पर्ने हुनाले आजको मेरो कविताको रूपमा यसपटक गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल संसारकै होचा कद् भएका खगेन्द्र थापा मगरको भावलाई कबिता बनाएर पोख्न मन लाग्यो। गल्ती भए क्षमा याचना सहित)

प्रभा जी उदेश्य पबित्र छ बिषय
प्रभा जी उदेश्य पबित्र छ बिषय महत्व पूर्ण र गर्ब गरनै पर्ने छ भने तपाईं को यस रचना मा अरु के खोज्नु पर्यो र ??? यति चाडै सन्दर्भ लाई टपक्कै टिप्नु भएछ. राम्रो छ बधाई !
विमल गौतम
साउदी अरेबिया
प्रभाजी मानवता हराइसकेको यो
प्रभाजी मानवता हराइसकेको यो दुनियामा आफु संसारकै होचो भएर देशको नाम उचा राख्ने खगेन्द्र थापाका लागि आफ्ना सरल र सरस सब्दहरु खर्चिनु भो धेरै खुशी लाग्यो | सर्बप्रथम त खगेन्द्रलाई धेरै धेरै बधाई अनि दिर्घ जीवनको शुभकामना साथै तपाइको भावनालाई पनि |
शिव सस्मित, म्याग्दी
sasmitshiva@gmail.com