Skip to content

चोटमाथि चोट


देखाउँछ्यौ प्रिय सधै खोटमाथि खोट
सहन्न म अरु तिम्रा चोटमाथि चोट

आशा थियो चाहनेछ्यौ प्रेम रुपी वर्षा
तर माग्छ्यौ किन सधै नोटमाथि नोट

चाह गरें सधैभरि गुलाबको झैँ हासो
बादलु झैँ पोख्छ्यौ किन रोसमाथि रोस

भुट्या मकै यता छाडी नाठोलाई रोटी
अन्धो बैंसले गुमायो कि होसमाथि होस

पहिले भन्थ्यौ संसारमै असल मेरो राजा
आज किन देखाउछ्यौ दोषमाथि दोष

विमल गौतम

साउदी अरेबिया
२६-२-२०१०

2 thoughts on “चोटमाथि चोट”

Leave a Reply

Your email address will not be published. Required fields are marked *