Skip to content

सुहाग रात

  • by


तिम्रो मेरो जीवनको त्यही पहिलो साथ थियो
अन्धकारै भए पनि कति मिठो रात थियो

बाहिर हल्का वर्षासँगै शिर-शिर हावा चल्दा
एउटा खाटमा दुइटा ज्यान जवानीको ताप थियो

एक अर्कामा समर्पित भै संसारलाई भुलिंरहदा
तिम्रो मलाई मेरो तिम्लाई बराबरी चाप थियो

छाती फुट्ला जस्तै गरी हाम्रो धड्कन बढिरहँदा
मेरो सारा शरीरभरि अधरको छाप थियो

नभ्याएर सास फेर्न छातीभित्रै रोकेका थियौ
किनभने एकै ठाउँमा खुकुरी र दाप थियो

तिम्रो मेरो जीवनको त्यही पहिलो साथ थियो
अन्धकारै भए पनि कति मिठो रात थियो
रात को पनि महारात त्योत सुहाग रात थियो
रात को पनि महारात त्योत सुहाग रात थियो

बिमल गौतम
मोरंग
हाल साउदी अरेबिया
01 Feb.2010

Leave a Reply

Your email address will not be published. Required fields are marked *