Skip to content

म, इन्टरनेट र स्रष्ठा सर्मीला खड्का दाहाल

म धेरै समय पछि मात्र इन्टरनेटा बसे । पहिला पहिला म त्यति इन्टरनेटमा वस्दिनथे । अझ गाठी कुरो त म त्यसरी इन्टरनेटमा बस्न रुचाउन्नथे पनि भन्दा पनि वेठीक नहोला । साचो कुरो अर्को पनि थियो । समय नै मिल्दैनथ्यो पनि । मिलिगए पनि नेटको सर्वसुलभता कहा थियो र ? तर आजभोलि धने मेरो पूरै आदत वदलिएको छ । सोचमा पनि परिवर्तन भएको हुनु पर्छ । मैले इन्टरनेटको महत्व वुझेछु क्यार भन्नु पर्ला । साथीभाइ संघ भेटघाट गर्ने देखि लिएर देश विदेशका घटना क्रमहरु हेर्ने र सुन्ने माध्यम नै भएको छ इन्टरनेट । समय मिल्यो कि म इन्टरनेटमा बसिजान्छु ।

म धेरै समय पछि मात्र इन्टरनेटा बसे । पहिला पहिला म त्यति इन्टरनेटमा वस्दिनथे । अझ गाठी कुरो त म त्यसरी इन्टरनेटमा बस्न रुचाउन्नथे पनि भन्दा पनि वेठीक नहोला । साचो कुरो अर्को पनि थियो । समय नै मिल्दैनथ्यो पनि । मिलिगए पनि नेटको सर्वसुलभता कहा थियो र ? तर आजभोलि धने मेरो पूरै आदत वदलिएको छ । सोचमा पनि परिवर्तन भएको हुनु पर्छ । मैले इन्टरनेटको महत्व वुझेछु क्यार भन्नु पर्ला । साथीभाइ संघ भेटघाट गर्ने देखि लिएर देश विदेशका घटना क्रमहरु हेर्ने र सुन्ने माध्यम नै भएको छ इन्टरनेट । समय मिल्यो कि म इन्टरनेटमा बसिजान्छु । र साहित्यिक पत्र पत्रिकामा मेरो नजर पुगी जान्छ । यसरी वस्दा म साहित्यिक व्लगहरु नै खोल्ने गर्छु । यसै क्रममा एक दिन म साहित्य संचार समूह इटहरीको संपादनमा प्रकाशन हुने इन्टरनेट साहित्यिक पत्रिका साहित्यसरितामा नजर पर्यो । लामो समय देखि मै त्यो पत्रिका हेर्नै पाएको थिइन । मलाई पछिल्लो समयको मोफसलको साहित्यिक गतिविधि पनि थाहा थिएन । अझ भन्नु पर्दा म प्रवासिए पछि त ती सवै कुराबाट टाढा भएको थिएँ । त्यहाबाट मैले केही साहित्यिक मित्रहरुका इमेल ठेगानाहरु वटुले । र आफ्नो म्यासेञ्जर लिष्टमा राखे । फेरि लामो समय पछि मात्र म नेटमा वस्न भ्याएँ । एक दिन सदा झैं आफ्नो आइडी खोलेर बसिरहेको थिएँ । तर मेरा नजर भने समाचारमा दौडिरहेका थिएँ । देशको पछिल्लो गतिबिधिको वारेमा वुझ्न मन वेताव थियो । हुन पनि दिनहु नयाँ नयाँ घटनाहरु घटिरहन्थे । झन संवीधान सभाको निवार्चन पछिको समयमा त यस्ताखाले घटनाहरुले सीखर छुन आटिरहेका थिए । अपहरण, लुटपात ,चोरी हत्या आतङ्क दिन दुगुना र रात चौगुनाले वढिरहेका थिए । कहा के भयो होला । संविधानको वारेमा कस्ले केभन्दै छ । शान्ति स्थापना हुने होकि होइन । कस्ले कस्तो भुमिका निर्वाह गर्दै छ भनेर वुझ्न मन संधै हत्तारिरहेको हुन्थ्यो । यसै क्रममा मेरो नजर म्यासेञ्जर लिष्टमा पर्यो । त्यहा मैले श्रष्टा सर्मिला खड्का दाहाललाई अन लाइनमा भएको पाएँ । मैले ढिलो नगरी कन ‘नमस्कार दिदी’ भनेर म्यासेज पठाएँ । मेरो नमस्कार त्यसै खेरा गयो । कुनै उत्तर आएन । मैले पुनः ‘आरामै हुनुहुन्छ दिदी’ भन्ने म्यासेज संप्रेषण गरें । मेरो दोश्रो प्रयास पनि असफल भयो । मलाई लाग्यो सायद दिदी व्यस्त हुनुहुन्छ क्यार । तै पनि मन मानेर । कतै नचिनेर पो उत्तर नआएको होकि भन्ने मेरो संका सही निस्कियो । मैले आफ्नो वारेमा सवै कुरा वताए पछि मात्र उताबाट उत्तर आयो ‘माफ गर्नु होला भाइ मैले चिनिन’ भनेर । त्यस पछि हामी विच परिचयको दरिलो वन्दन वाधियो । हामी दिनहु जसो अन लाइनमा भेट हुन थाल्यौ । उहाको व्लग पाए पछि त झन मैले अझ राम्ररी चिन्न पाएँ । समयको पाउ वन्धीले गर्दा मैले उहाको व्लग त्यतिखेर पढ्न पाएको थिईन । पछि पढौला भनेर थन्काएको थिएँ । केही दिन पछि उहाले मलाई सोध्नु भो ‘भाइ मेरो व्लग हेर्नु भो’ भनेर । मैले रेडिमेट उत्तर दिएँ ‘हेरे’ भनेर । अव फसाद पर्यो हेरे त भने फेरि सोध्नु भो भने के भन्ने भनेर । हुन त मेरो त्यो गलत उत्तर भने थिएन । अलि अलि भने पढ्न भ्याएको थिएँ । त्यस पछि भने मैले उहाको व्लग राम्ररी हेरे ।

हुन त सर्मिला खड्का दाहाल मेरो लागि कुनै नयाँ नाम पनि थिएन । म विगत धेरै साल देखि उहालाई चिन्थे । थुप्रै रचनाहरु पनि पढ्न भ्याएको थिएँ । झनै म आफ्नो पछिल्लो कृति भास्कर बंशावली प्रकाशनको क्रममा जादा इटहरीको एउटा छापाखानामा उहाको ‘सम्बत अफिस’ नामको लघुकथा संग्रह हेर्ने अवसर पाएको थिएँ । फेरि केही समय पछि खसखस डट कमले उहाको अन्तरवार्ता प्रसारित गर्यो । पहिला देखि नै उहाले मलाई प्रतिकृया दिनु है केशु जी भनिरहनु भएको थियो । अनलाइनको पछिल्लो भेटमा पनि प्रतिकृया दिनुहोला है भन्नु भयो । प्रतिकृया त दिनु भन्नु भयो । अव के प्रतिकृया दिने भनेर मेरो मन धेरै दिन सम्म रुमल्ली रह्यो । तर पनि म चुप रहे । लामो समय सम्म मौन रहेको मेरो मन अव भने चुप रहिरहन सकेन । त्यसैले म लामो समय पछि केही लेख्न बसिरहेको छु । लेख्ने त भने तर के लेख्ने । कहाबाट सुरु गर्ने । कहा लगेर अन्त्य गर्ने भनेर मेरो मन लड्न थाल्यो । कृति विषेशको समिक्षा गर्न मसँग यतिखेर कुनै कृति छैन । तै पनि म लेख्न बसे । म लेख्न थाल्छु —

संघर्षको एउटा अर्को नाम हो सर्मिला खड्का दाहाल । उनको जीवन पूरै जीवन संघर्षमै व्यतित भएको छ । संघर्ष र सर्मिला खड्का दाहालको अन्योन्याश्रीत सम्वन्ध रहेको छ भन्दा पनि अत्युक्ती नहोला । उनी संघर्ष गेर कहिल्यै थाकिनन । संघर्ष देखि कहिल्यै पर भागिनन पनि । न हिजो भागिन । न आज भाग्दै छिन । र भोलि पनि भाग्दिनन भनेर आसा गर्ने थुप्रै ठाउँहरु छन ।

जीवन संघर्ष हो । संघर्षसंग डराएर पछि हट्नु भन्दा त्यससँग जुधेर वा त्यसको सामना गरेर अगाडि वढ्नु पर्छ । यो जीवनको सार्थकता हो । र यो वास्तविक जीवन पनि हो । यो नै सर्मिलाको मान्यता हो । उनको वुझाई पनि हो ।

भोगाई नै जीवन हो । अर्थात जीवन नै भोगाईको सार्थक रुप हो । वाल्यकाल देखि आज सम्म आइपुग्दा उनको जीवनबाट यही कुरा सिक्न सकिन्छ । त्यही कुराको आत्मसात गर्न सकिन्छ । सव भन्दा ठूलो कुरा के हो भने उनले जे भोगिन त्यही कुरालाई आफ्ना सृजनामा उतारिन । उनी जे देख्छिन त्यसैलाई आफ्नो विषय वस्तु वनाउछिन । अर्थात यसरी भन्दा वेस होला उनी जे देख्छिन त्यही लेख्छिन । भोगाईहरुलाई हुवहु रुपमा उतार्न उनी त्यतिकै खप्पीस देखिन्छिन । साहित्य कल्पनाको खेति हो भन्नेहरुका लागि पनि उनी अर्थात उनका सृजनाहरु नै गतिलो झापड वन्न सफल भएका छन ।

सर्मिलाले ‘सानीको सपना’ नामक वाल उपन्यासमा साझा पुरस्कार जितिन । जुन उनले जित्नु पर्ने थियो । सानी उनको एउटा विम्ब हो । सफल एवम् जिउदो विम्ब । जसले उनलाई पनि जिउदो वनायो । यसो भनेर सानीको सपना भन्दा अरु कृतिहरु सफल थिएनन भनेर भने खोजेको होइन । सवै सफल हुदा हुदै पनि यसले उनलाई माथि उठायो । सवैसामु सर्मिला भनेर चिनायो । हुन पनि लेखेका सवै सृजनाहरु सफल नै हुन्छन भन्ने पनि छैन । मानिसलाई चिनाउन वा जिउदो राख्नलाई एउटै कृति मात्र पनि काफि हुन्छ । धेरै विधामा उतिकै रुपमा कलम चलाएर पनि मानिस एउटा मात्र विधामा स्थापित भएको उदाहरण पनि हाम्रा अघि कम छैनन । त्यसैले त वरिष्ठ कथाकार दाइ परसु प्रधानले भनेका हुन ‘सर्मिला सवभन्दा पहिला वालसाहित्यकार हुन त्यस पछि मात्र कवि वा गजलकार’ ।

सर्मिला खड्का दाहाल उदीयमान तारा हुन । अझ धेरै अघि उदाएर पनि चम्किन नसकेको तारा भन्दा पनि गल्ती नहोला । जुन तारा लामो समय देखि चम्किदै आएको छ एउटा अंध्यारो वस्तीवीचबाट ।

सर्मिला प्राप्ति मात्र होइन । त्याग र वलिदानको अर्को नाम पनि हो । उनले कहिल्यै पनि प्रसंसा पत्र र पदवीको लालसा राखिनन । त्यसैले त उनी भन्छिन— पुरस्कार पाउदा पागलसरी भएँ । मैले त्यो आसा गरेकै थिइन ।’ त्यसो भनेर उनले पुरस्कार प्रति अपमान भने जनाएको भने चाही होइन । एउटा किसानले त वाली लगाउछ । गोड मेल गर्छ । झरि वादल नभनिकन पानीमा दौडन्छ । र अन्तमा उसको आसा वोल्छ— यसपटक त पोहोर भन्दा अलि वढि नै फल्ला ।’ यहा फल्ला भनेर उसले फल्नु पर्छ भन्ने आसय प्रकट गरेको देखिन्छ ।

सर्जकको लागि पुरस्कार तथा प्रसंसा पत्र भन्दा पनि ठूलो कुरो भनेको पाठकको माया नै हो । पाठकको माया भन्दा ठूलो अरु केही पनि हुन सक्दैन । यहा आज कति धेरै लेखकहरु छन । जस्ले दर्जनौ कृतिहरु लेखेका छन । दर्जनौ पदवी पनि पाएका अर्थात भिराइएका पनि होलान् तर ती सवैले पाठकको माया पाएका छन त ? प्रश्न यहानेर आएर अडिन्छ । आफूलाई वा आफ्नो सृजनालाई कति पाठकले रुचाएका छन भनेर सर्वेक्षण गर्ने काम भएको छैन । पाठकको रुची वा अरुची जे होस कृति वाहिर ल्याउने परम्पराबाट टाढा देखिदैनन । तर सर्मिला भने यी कुराबाट सजक छिन ।

जीवन प्रेम हो । यहि प्रेमको आडमा संसार अडेको छ । यहि प्रेमभित्र मानिस आफ्नो संसार खोज्छ । आफ्नो जीवन पाउँछ । सुन्दर भविष्यको परिकल्पना गर्न पुग्छ । सर्जक सर्मिला खड्काले पनि जीवन वुझेको छ । प्रेम वुझेको छ । यहि प्रेम वुझेको छ र त उनका सृजनाहरु जीवन्त वन्न सकेका छन । यदि उनी पथ्थर सरह भैदिएकी भए कहाबाट प्रेम जन्मन्थ्यो र ? अनि उनका सृजनाहरु कसरी जिवन्त वन्न सक्थे र ?

यौन र प्रेम एक अर्काका पुरक हुन । यौन मानवको लागि जैविक आवस्यकता पनि हो । यौन रहित जीवनको परिकल्पना सम्म पनि गर्न कठिन हुन्छ भन्ने सर्मिलाको वुझाईलाई भने कमजोरी मान्न सकिदैन । यदि कोही यस्तो ठान्छ भने त्यो उसको ढोँगी पन मात्र हो । बाहिर वाहिर सदाचारको पाठ पढाएर साँझ पर्न नपाउदै भट्टि पसलमा पस्नु सरह मात्र हो । अथवा अरुलाई पतिपरायणको पाठ घोकाएर आफू भने दिनहु जसो परस्त्री गमन गर्नु सरह मात्र हो ।

मानवमा हुनु पर्ने एउटा ठूलो गुण भनेको निरन्तरता हो । जस्ले मानवलाई सफलताको सिढिमा चढ्न ठूलो मद्धत दिन्छ । झन सर्जकको लागि त यो नभै नहुने गुँण हो । अर्थात यो एउटा गतिलो सुत्र नै हो । जो निरन्तर रुपमा पाइला चाल्छ त्यो अवस्य पनि गन्तव्यमा पुग्न सक्छ । अथवा सफलले उसलाई चुम्ने छ । यो गुण सर्मिलामा पनि कमी छैन । विगत देखि वर्तमान सम्म उनका पाइलाहरु निरन्तर रुपमा अघाडि वढिरहेका छन ।

अवस्य पनि मानिसका कमी कमजोरीहरु हुन्छन नै । कमी कमजारी विनाको मानवको परिकल्पना गर्न पनि गाह्रो पर्छ । कसैले ममा कमी कमजोरी छैनन । म एउटा मात्र त्यस्तो उदाहरण हु भन्छ भने त्यो उसको भ्रम मात्र हो । अथवा त्यो उसको दिवा सप्ना मात्र हुनेछ । आफूमा भएका यस्ता कमी कमजोरीलाई हटाएर जानु नै वुद्धी मानी ठहरीने छ ।

म लेख्दै हुन्छु अकस्मात मेरो ल्यापटप वन्द हुन पुग्छ । म अगाडि वढ्नै सब्दिन । नचाहदा नचाहदै पनि मेरो कलम रोकिन पुग्छ ।

।। इति ।।

मिति २०६६ फागुन —८

2 thoughts on “म, इन्टरनेट र स्रष्ठा सर्मीला खड्का दाहाल”

  1. keshu ji saile jyadai ramro
    keshu ji saile jyadai ramro lagyo hai . Bhut sundar saili aonaunu vaekoma dhanyabad. safalta ko kamana .

  2. साच्चै भन्नु पर्दा नेपाली
    साच्चै भन्नु पर्दा नेपाली साहित्यमा मैले नामनै सुनेको थिएन हुन सक्छ मैले त्याती बुझेकै छैन नेपाली साहित्य बारे तर एक दिन उज्यालो 90नेटवर्कको श्रुती सम्बेगमा सर्मिला खडका दाहालका दुई वटा कथा सुनने मौका पाए त्यसमा दुई वटै कथाले मन छोए र त्यस मा पनि आयातित जिबनमा… अनि उहाको बारेमा केही बुझने इच्छा थियो यहाँ उहाको बारेमा पढ्न र बुझ्न पाउदा खुशी लाग्यो म प्रभाबित छु हजुर को लेखन ससक्तता मा हजुर को लेखानिलाई शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *