“किन यति गाह्रो भो ??”
जिन्दगीको गोरेटोमा
सम्झौता गर्न गाह्रो भो ।
पल पलको उताड तनाबलाई
सह्र्स्व स्विकार्न साह्रो भो ।।
हिम्मतले काढंथे अनकन्टार पहाड
पाइलै किन ठप्प रोकिन्छ यो ?
पूर्ण बिराम देऊ ती तीता वाणहरु
लगलगाएका मुटुमा रोपिन्छ भो ।।
आँधी हुरीसगं लड्ने मेरो साहस
फेरि सामुन्ने पहाड किन देख्छु यो ?
अनन्त फिजिंएको आकाशमुनि पनि
निसास्सिंए झैं आज भान भो ।।
नबोलाऊ अब ढुकढुकी छ बांकी
त्यही पनि मट्टीमा मिल्ने भो ।
आँखिर जिउँदो लास बनाई छाडयौ
यो दु:खीको दर्द बुझ्छ को ?
–शुस्मा
धरान,सुनसरी
हाल : सिंगापुर
