Skip to content

हौ तिमी प्रेरणाकी खानी


हौ तिमी प्रेरणाकी खानी
अनी कोमलताकी रानी।

हौ, जननी पनि तिमी नै
फेरि सुलभ तिम्रो बानी ।

प्रक्रितिमै छौ सुन्दरम
अनी हौ फूल की जवानी ।

पाएर तिमीलाई सधैं
मुस्काउँछ हर बिहानी ।

सीता र द्रौपती पनि
बोल्छन् प्रेमकै काहानी ।

यदि नभए धर्तिमा तिमी
हुन्थे नी कत्ति मनमानी ।

झरना पनि हौ तिमी नै
गंगा सरि निर्मल पानी ।

(नारी दिवश । ९ /९ अक्षरको गजल यसै उपलक्षमा कोर्न अभिप्रेरित भएँ )

1 thought on “हौ तिमी प्रेरणाकी खानी”

  1. प्रेरणाकी खानिको बयानै
    प्रेरणाकी खानिको बयानै मिठो
    कोमलताकी रानीको बयानै मिठो

    हौ जननी तिमी नै भन्दै
    सुलभ त्यो बानिको बयानै मिठो

    के के छैन प्रकृतिमा
    फूल्जस्तो जवानीको बयानै मिठो

    प्रकृतिजस्तै उनिलाई पाएर
    मुस्काउने बिहानिको बयानै मिठो

    सिता र द्रौपती बोल्ने
    प्रेमकहानीको बयानै मिठो

    तिमी नहुँदा यो धर्तिमा
    हुने मनोमानिको बयानै मिठो

    झरना र गंगासरी नै
    निर्मल पानीको बयानै मिठो

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *