Skip to content

सुटुक्कै


मनमा एउटा कुरा छ सुटुकै भनौं अन्जु
एउटा रथको दुई पाङ्रा हामी बनौं अन्जु

हाम्रा सबै काँडेबार जन्जीरहरू पन्साएर
सँगै यात्रा गर्ने प्रेमको बाटो खनौं अन्जु

पन्चै बाजा जन्ती ताँती बेहुला-बेहुली बनी
स्वयम्बरमा लगाउने बरमाला उनौं अन्जु

रातो सारी चुरा पोते शीरमा सिन्दुर लगाएर
घुम्टो ओढी यज्ञ घुम्ने लगनगाठो बानौं अन्जु

अब त सोच्नै पर्छ कति चुपचाप बसिरहने
“प्रेमअन्जुले” पार गरेका बसन्तहरू गनौं अन्जु

प्रेम बाबु
premqn.2007@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *