Skip to content

फिंजायौ जाल

  • by


फिजायौ जाल चारैतिर उत्रदै र बग्दै झर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा

चालिरहे पाइला एक्लै पीडा बोकी मौन रुँदै
जीवनभरि तनाब दियौ गाठो पर्छ मन सधैं
सहे कैयौं बाणहरू झुक्किएर विश्वास गर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलीले गर्दा

दोषी सम्झी आँशु दियौ पोलिर’ने बिष हो कि
बाचिरहेछु अपमानको कालो बादल भित्र रोकी
टुसाएन खुशीहरु आफन्तको भरमा पर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलीले गर्दा

चारपाने झापा
१०-०३-२०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *