Skip to content

मनका व्यथा मन मै राखी बस्नु पर्ने पीडा कस्तो
जिन्दगी यो मानिसको काठमाण्डौमा धेरै सस्तो ।

दुख्नेहरु रोइरहेका हास्नेहरु रमिते छन्
सुम्सुम्याउनु कता कता छर्किदिन्छन् नुन चुक झन ॥
संवेदना विलिन भयो मान्छे भयो पशु जस्तो
जिन्दगी यो मानिसको काठमाण्डौमा धेरै सस्तो ॥

दया छैन माया छैन मन लाग्यो हरण गर
लाज छैन शरम छैन राम्रो लाग्यो वरण गर ॥
मेसिनको रोबोटझै मान्छे भयो किन यस्तो
जिन्दगी यो मानिसको काठमाण्डौमा धेरै सस्तो ॥

मनका व्यथा मन मै राखी बस्नु पर्ने पीडा कस्तो
जिन्दगी यो मानिसको काठमाण्डौमा धेरै सस्तो ।

-कृष्ण गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *