संसारभरि फैलिएर रहनु भएका नेपाली सारामा
नयाँ बर्षको शुभकामना दिदैछु यो नेपाली पारामा
स्वास्थ्य सधैं राम्रो रहोस् दिमाग चतुरो बनोस्
नेपाली मुलमा नेपाली कुलमा बिकासको बाटो खुलोस्
चोरी र चाकरी नगर्नु कहिलै हुतिहारा नेपाली बनी
नभनुन् कसैले लुच्छो र लफंगो रैछ नेपाली भनी
एक भई जुट्नुछ नेपाली नफुट्नुछ यो नेपाली तालमा
अशान्ति भागोस् शान्ति जागोस् यो २०६७ सालमा
बनोस् संबिधान बैशाख नबित्दै ईश्वरलाई पुकार
छुवाछुत हटोस् सरकार खटोस् संबिधान बनाउने खातिर
नगर्नु झगडा नथाप्नु अखडा तँ ठुलो म ठुलो भनी
तराई न पहाड थारु न खुम्बुवान बस्नुपर्छ सबै दाजुभाइ बनी
यो नयाँ सालमा नेपाली तालमा शान्तिको बिगुल फुकौ
दुस्टको नजर परेमा अगर नेपाली १ भै जुटौं
गुलाफ फुलोस् बिकास झुलोस् पुराहोस सबको चाहाना
यही छ प्रेमको तर्फबाट सम्पुर्ण नेपालीलाई नयाँ बर्ष
२०६७ सालको शुभकामना
शुभकामना । शुभकामना।। शुभकामना।।।
प्रेम बाबु
premqn.2007@yahoo.com

dheri ramro kabita lekhnu
dheri ramro kabita lekhnu bhayaca prem ji,tapai le bhane jastai huna sake nepal kati ramro hune thio hola hai.tapai ko subhakamane sabai nepali lai lagos mero pani subhakamana.
अतिथी जी साह्रै खुशी लाग्यो
अतिथी जी साह्रै खुशी लाग्यो साथै धन्यबाद् है शुभकामना मनपराइ दिनु भएकोमा के गर्नेर आफुले भनेजस्तो नहुने रहेछ त्यहि पनि हामी आसा गरौ शुभकामना बाडौ हैत स्वागतम्