धेरै भयो छुट्टीएको सँगै बस्न मन लागे
औँसीको रातमा आउनु अरु कसैको लाज लागे ।
बर्षौं बित्यो बिपनीमा एकसाथ नभएको
सपनीमा आउनु है त्यो समाज धक लागे ।
मीठामीठा गफ गर्दै हात समाउन मन लागे
कल्पनामा आउनु है सँगै हिँड्न मन लागे ।
टाढिएको धेरै भयो नजिक आउन मन लागे
पूणिर्माको जुनमा आउनु दिनमा आउन डर लागे
पानी बनी आउनु है स्पर्श गर्न मन लागे
प्यारीसँग साथा बसी पौडी खेल्न मन लागे
– गोटीखेल, ललितपुर
हाल ः नहरिया, इजराइल
