Skip to content

ए साथी हो किन किन मर्छु जस्तो लाग्छ
यदि मरेछु भने यस्तै यस्तै सोची दिनु ल

प्रेम एउटासाथी थियो भेटै नभै मर्यो भन्दिनु
नीस्ठुरी त्यो दैबलेनी जवानीमै हर्यो भन्दिनु

हास खेल गर्ने रहर मनभित्रै मारेर
कोपिलामै डालिबाट भुइमा झर्यो भन्दिनु

अनायसै रसाय आज मेरा नयन भन्दै
मुल्फुटाइ आँशुको सबलाई बाइ बाइ गर्‍यो भन्दिनु

मायालुको समिपमा जाने उसको चाहानालाई
बिचैमा थाती राखी मुर्छामा पर्‍यो भन्दिनु

जान उसलाई मन नभर फर्किने कोसिस गर्दै
मुख बाउदै काल सँग केही क्षण लर्यो भन्दिनु

प्रेम बाबु

Leave a Reply

Your email address will not be published. Required fields are marked *